रविसहित रास्वपाका निवर्तमान मन्त्रीहरुले छाडे क्वार्टर

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका रवि लामिछानेसहित हिजो राजीनामा दिएका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।

निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले हिजो राजीनामा दिएलगत्तै आफू बसिरहेको क्वाटर खाली गरेका हुन् ।उनले भने, ‘अब सरकारमै नरहेपछि सरकारी निवासमा किन बस्ने भनेर हिजै सबै सामान निकालिसके । अहिले बालाजुस्थित आफ्नै घरमा सरेको छु ।’

अर्यालले सरकारी गाडी र पीएसओ पनि फिर्ता गरेका छन् ।रवि लामिछानेले पनि हिजो आफ्नो क्वार्टर खाली गराएका छन् । रास्वपाबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा। तोसिमा कार्की भने सरकारी निवासमा सरेकी थिइनन् ।

मन्त्रीबाट पद मुक्त भएकाहरुले एक हप्ताभित्र क्वाटर छोड्नुपर्ने प्रावधान रहेको छ । रास्वपाका तर्फबाट शिक्षामन्त्री रहेका शिशिर खनालले भने आज क्वार्टर छोडेका छन् ।

  • २३ माघ २०७९, सोमबार १५:३५ प्रकाशित