पोखरा ।
पर्यटकीय क्षेत्र काहुँ डाँडामा पर्यटकलाई आकषर्ण गर्न यही मंसिर २८ गते देखि काहूँ धरहरा पर्यटन महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो काहुँ धरहरा पर्यटन महोत्वसव हुन लागेको हो । महोत्सव स्थल काहुँ डाँडामा शनिबार पत्रकार सम्मेलन गरेर आयोजक जनकल्याण क्लबले महोत्सवको तयारी वारे जानकारी दिएको हो । क्लवका सचिव राजेन्द्र प्रसाद आचार्यले काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोगकको रहको छ ।
क्लवका अध्यक्ष देव बहादुर गुरुङले काहूँको प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्ने उदेश्य रहेको बताए । यस पहिले २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ ।
काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाईमा रहेको छ । २०२६ सालमा काँहु धरहरा निर्माण गरिएको हो ।
तत्कालिन समयमा अञ्चलाधिस नन्दबहादुर मल्ल र सामाजिक अभियान्ताको रुपमा स्व।मेजर बीरसिंह गुरुङको सक्रियतामा धरहरा निर्माण गरिएको थियो । काहुँमा ऐतिहासीक काहुँकोट देउराली मन्दिर छ ।