एसपीलाई मुख्यमन्त्री अधिकारीको फोन : लेकसाईडमा अनावश्यक चेकजाच र ढोका ठोक्ने काम नगर्नु (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटकिय क्षेत्र लेकसाइड आउने पर्यटकलाई अनावश्यक चेकजाच नगर्न कास्की प्रहरीलाई निर्देशन दिएका छन् । पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री अधिकारीका लागि अयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम स्थलबाटै अधिकारीले प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।

पर्यटन व्यवसायी सूर्य भुजेलले प्रहरीले मापसेका नाममा लेकसाईडमा अनावश्यक चेकजाच गर्ने र साझ परेपछि सटर तान्न दवाव दिएको गुनासो गरे पछि अधिकारीले कार्यक्रम स्थलबाटै कास्कीका प्रहरी प्रमुख अजय केसीलाई फोन गरेर पर्यटनलाई प्रमोट गर्न निर्देशन दिए ।
पोखरा अउने त्यसमा पनि लेकसाइड तिर अउनेलाई मात्र गर्ने, यहाँबाट बाहिर जाने पर्वत, स्याङ्जा या दमौली जानेलाई गदैन अरे ।

अर्को कुरा सटर तान्ने नौ बजे यहाँ १२ बजे १ बजे पनि खोल्न पर्र्यो, सेक्युरिटीको तर्फबाट के गर्नुपर्छ गर्न त्यो पर्यो मुख्यमन्त्री अधिकारीले भने । पर्यटन व्यवसायीसंग सिडियो सावलाई मिटिङ राख्न म भन्छु, व्यवसायी मारमा परेका छन् यो बेला त्यो कुरा ख्याल गर्ने अलि लामो १२ १ बजेसम्म् खोल्न पाउन पर्यो । पर्यटकिय क्षेत्र लेकसाइडलाई राती १२–१ बजेसम्म खुल्ने व्यवस्था गर्न पनि अधिकारीले भने ।

  • २० माघ २०७९, शुक्रबार १८:४७ प्रकाशित