अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप पनि सर्वोच्च जादैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।‘सोमबारसम्म हामीले पनि उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन गर्नेछौं’, घिमिरेले भने ।

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगिसकेको छ । सुनुवाइका लागि शुक्रबार पहिलो पेसी तोकिएको उक्त पुनरावेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ ।

कानुन व्यवसायी घिमिरेले २० लाख रूपैयाँ धरौटी र विभिन्न शर्तहरू अन्यायपूर्ण भएको बताए ।

  • २० माघ २०७९, शुक्रबार १४:०८ प्रकाशित