प्रम दाहालको अडान : ‘रविको मुद्धा टुंगो नलागेसम्म गृह फर्काउन सकिदैन’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्धाको किनारा नलागेसम्म उनलाई पुन गृह मन्त्रालय फर्काउन नसकिने अडान लिएका छन ।

आज बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा उनले यस्तो अडान लिएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको व्रिफिङ समेत गरेका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ’, प्रचण्डको बैठकमा भनाइ उदृत गर्दै एक नेताले भने । आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।

  • १९ माघ २०७९, बिहीबार १७:०८ प्रकाशित