बेलायतमा सरकारविरुद्ध ५ लाख नागरिक सडकमा उत्रिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

अलजजिराका अनुसार प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी छन् ।आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरे पनि पास्ता खाएर दिन बिताउनुपर्ने अवस्था रहेको बताएका छन् ।

  • १९ माघ २०७९, बिहीबार १४:४३ प्रकाशित