युरो बढ्यो, आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिदर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा रहेको थियो ।

यस्तै अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ ।आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।

  • १९ माघ २०७९, बिहीबार १०:०३ प्रकाशित