पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७९ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०० पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।