पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा छ ।
यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।