टाइगर कप भलिबल : एपीएफलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकीलाई

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

अपराजित रुपमा फाइनल पुगेको एपीएफले पहिलो सेट २५–१६ ले जितेको थियो । गण्डकी प्रदेशले दोस्रो सेट २५्–१८ तथा तेस्रा सेट २५–१९ ले जितेको थियो ।

चौथो सेट एपीएफले २८–२६ ले जितेपश्चात खेलको निर्णय पाँचौ सेटबाट भएको थियो । निर्णायक पाँचौ सेट १५–८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो ।

च्याम्पियन गण्डकीले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ।

महिलातर्फको उपाधि एपीएफले क्लबले जितेको छ । त्रिभुवन आर्मी ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

च्याम्पियन एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ।

 

  • १४ माघ २०७९, शनिबार १९:०१ प्रकाशित