पोखरा ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ब्याग बितरण गरेको छ । महासंघ जिल्ला शाखा कास्कीले १० औं रास्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा पोखरा–१६ अर्मलामा रहेको सीता आधारभुत बिद्यालयमा अध्यनरत सबैबिद्यार्थीलाई शैक्षिक सामग्री र ब्याग बितरण गरेको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीका अध्यक्ष कबीन्द्र प्रसाद पोखरेलको अध्यक्षता र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय सचिव शकुन्तला देवी शर्माको प्रमुख आथित्यतामा शैक्षिक सामाग्री हस्तान्तरण भएको गरिएको हो। कार्यक्रममा प्रमुख अतिथी शर्माले ब्यवसायीको सामाजिक दायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणमा उपस्तिथि हुनपाउदा गर्वानुभुती भएको बताइन् ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक देवी कुमारी आचार्यले पुस्तक ब्यवसायीको सहयोगले विद्यालय र ब्यवसायी विचको सम्बन्ध अझ प्रगाढ रहिरहने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बिद्यालयका शिक्षक अभिवावक संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले बसाइसराइले गाउँ रित्तो बनेको र त्यसको असर विद्यालय परेको बताए ।
बिद्यालयका बिद्यार्थी बाबु नानीले स्वागत नृत्य प्रस्तुत गरेका थीए । उक्त कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायीहरू, शिक्षाप्रेमी समाजसेवी, स्थानिय टोल बिकास समिति, आमा समूह , अभिभावक र बिद्यार्थीको उपस्थिति थियो ।
कार्यक्रममा शिक्षा प्रेमी सामाजिक ब्यक्तित्व पिएन क्याम्पस पोखराका प्राध्यापक हिमलाल आचार्य, केन्द्रीय सदस्यद्वय मोहन प्रसाद सापकोटा र गोविन्द गौतमले शुभकामना मन्तव्य गरेका थिए । उक्त अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाका दृतीय उपाध्यक्ष ध्रुव पोखरेल, सह–सचिव रामप्रसाद सुबेदी, सचिव सञ्जय आचार्य लगायले बोलेका थिए ।















