टाइगर कप : महिलातर्फ आर्मी र एपिएफ फाइनल प्रवेश

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा जारी टाइगर कपमा महिला तर्फ विभागीय क्लब एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेका छन् ।

पोखरा रंगशालामा भएको आज भएको महिला तर्फको पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबले आयोजक गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले पराजित गर्दै फाइनल प्रवेश गर्न भयो। यस्तै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको आर्मीले २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनल प्रवेश गरेको हो ।

फाइनलमा एपिएफ र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तृतिय स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

  • १२ माघ २०७९, बिहीबार १६:१३ प्रकाशित