गण्डकीमा कसले कुन मन्त्रालय पाए ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा एमालेले मुखयमन्त्री सहित ४ मन्त्रालय पाउने भएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भैसकेका छन्, भने अर्थ मन्त्रालयमा रोशन गाहा मगरले जिम्मेवारी पाउने पक्का भएको छ ।

वेद बहादुर गुरुङ कृषि तथा जलश्रोत र सीता कुमारी सुन्दास आन्तरिक मामिला तथा कानून मन्त्री बनेकी छिन् ।

माओवादीले दोश्रो वरियता सहित भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । भौतिकमा हरिबहादुर चुमान र उद्योगमा रेशम जुग्जाली मन्त्री बन्नेछन् ।

एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् ।

२५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आजै तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । आज नियुक्त हुनेमा एमालेबाट रोशन गाहा मगर र वेद बहादुर गुरुङ, माओवादीबाट रेशम जुगजाली रहेका छन् ।

नव नियुक्त ३ मन्त्रीहरुको सपथ आजै ६ बजे हुँदै छ ।

  • १० माघ २०७९, मंगलवार १७:५२ प्रकाशित