स्पट फिक्सिङको आरोपमा क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गर्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोले जनाएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निष्कर्ष निकालेको थियो । अनुसन्धानबाट स्पट फिक्सिङमा नेपालीसँगै विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने सीआईबीले जनाएको थियो ।

  • ९ माघ २०७९, सोमबार १४:३४ प्रकाशित