राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतको अनुसार राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय भएको हो ।

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता महतले बताए ।

  • ९ माघ २०७९, सोमबार १४:१६ प्रकाशित