पार्टीको जिम्मेवारीबाट अलग भइन् उपसभामुख राना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सा‌ंगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि रानाले सो घोषणा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सम्पूर्ण राजनीतिक तथा सांगठिनक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु ।’ राना गत माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी थिइन् ।

  • ९ माघ २०७९, सोमबार १०:५४ प्रकाशित