पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २८ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ ।