पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताएका छन् । आइतबार पोखरामा आयोजित टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । खेलकुद र स्वास्थ्यको हव बनाउन पोखरामा पूर्वाधार तयार रहेको उनको दाबी छ ।
उनले भने–“गण्डकी प्रदेशमा यसका लागि आवश्यक पूर्वाधार तयार छ । मेडीसिटीको हव बनाउने कुरा होस वा खेलकुदको यसलाई व्यवस्थित बनाउँदै गण्डकीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न चाहन्छौं ।”
मुख्यमन्त्री अधिकारीले दर्जनौ अस्पताल बनाउनु भन्दा एउटा रंगशालाको निर्माण प्रयाप्त हुने कुरा उल्लेख गर्दै गण्डकी प्रदेशमा भएका खेल पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने बताए ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं सस्थाका उपाध्यक्ष देवेनद्र केसी, सचिव डिबी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।














