बुद्धले २५ वर्ष पुरानो दुई वटा जहाज बेच्यो, एटिआर थप्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुद्ध एयरले पहिलो व्यवासायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। बुद्धले बिचक्राफ्टुबी १९०० डी जहाजबाट उडान सुरू गरेको थियो।उडान सुरू गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो।

जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको कम्पनीले बताएको छ। पुरानो जहाज भएपनि मेन्टेनेन्सपछि जहाजले काम गर्ने हुँदा क्यानडियन कम्पनीले खरिद गरेको कम्पनीले बताएको छ।

पुरानो बिचक्राफ्ट बिक्री गरेको बुद्धले धेरै सिट क्षमताका एटिआर–७२ जहाज थपिरहेको छ। विभिन्न गन्तव्यमा अहिले बुद्धका एटिआर जहाजले उडान भरिरहेका छन्।

बुद्धले १९९७ अक्टोबर ११ मा यही जहाजमार्फत पहिलो व्यावसायिक उडान सुरू गरेको थियो। कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरे। विगत तीन वर्षदेखि भने कम्पनीले यी जहाज बिक्रीका लागि राखेको थियो।

  • ८ माघ २०७९, आईतवार १७:०१ प्रकाशित