जडीबुटी मिसाएको खाजा खाँदा एकको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तीन जना बिरामी भएका छन् ।

जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी भई अस्पताल आएकामध्ये दीपक रोकायाको मृत्यु भएको र ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया, ३० वर्षीय पारस धराला बीरामी भएका छन् ।

बिरामीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।शनिबार दिउँसो तीन बजे चाउचाउ र सिमीको खाजामा गुन्नाइनु नामको जडीबुटी हालेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

  • ८ माघ २०७९, आईतवार १३:५८ प्रकाशित