हामी जनताको जीवनमा परिवर्तन ल्याउन चाहान्छौं : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् । आज सोनाम ल्होछार (तवार ल्हो)पर्वको अवसरमा शुभकानमना दिदैं ओलीले आफुहरुले देशलाई द्रुतगतिमा विकास गर्न चाहेको बताएका छन् ।

‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिमा अघि बढाउन चाहन्छौँ’, उनले सन्देशमा भनेका छन्, ‘समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु ।’

यस्तै ओलीले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्र्वद्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् ।सोनाम ल्होछारको शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरेका छन् ।

  • ८ माघ २०७९, आईतवार १०:४५ प्रकाशित