गण्डकी सरकारले वेरोजगार बनाईदियो प्रदेश सभा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको बैठक लामो समयका लागि स्थगन गरिएको छ । प्रदेश सभा सचिवालयले आज सूचनापत्र जारी गदै माघ १९ सम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको जनाएको छ ।

माघ २ गते उपसभामुख चयन गदै सकिएको बैठकमा माघ ९ गतेका लागि बैठक बोलाइएको थियो । प्रदेश सभाका नि. सचिव प्रेम सुवेदीले प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम आदेशअनुसार सूचना जारी गरेको बताएका छन् ।

सरकार विस्तार हुन नसके पछि त्यसको असर प्रदेश सभामा परेको हो । एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पुस २९ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए ।

तर सत्ता गठबन्धन भित्र भागबण्डा नमिल्दा अहिलेसम्म विभागिय मन्त्री नियुक्ती हुन सकेको छैन । २५ गते मन्त्रीको सपथ लिएका तीन विनाविभागिय मन्त्रीले बस्ने कार्यकक्ष समेत पाउन सकेका छैनन् । मन्त्रीहरुले बस्ने ठाउँसमेत नपाउदा होटलको बास भएको छ ।

पहिलो बैठकमा नै कृष्णचन्द्र नेपालीको सरकार हुदाँ कानुन तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले दुई वटा अध्यादेश टेबल गरेका थिए । प्रदेश निजामति सेवा अध्यादेश २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ प्रदेश सभामा टेबल भएका छन् । तर सम्बन्धीत मन्त्रालयमा मन्त्री नहुदा ती अध्यादेशको कारवाही अगाडी बढ्न सकेको छैन । उल्टै भर्खर सुरु भएको प्रदेश सभालाई सरकारले वेरोजगार बनाइदिएको छ ।

  • ६ माघ २०७९, शुक्रबार १८:०१ प्रकाशित