अनियमतताको हल्ला सुनिएको भन्दै मन्त्री किराँतीले कर्मचारीलाई दिए अख्तियार पठाउने चेताउनी

केन्द्रभाग मिडिया

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नागरिक उड्डयन प्राधिकरणभित्र अनिमितताको हल्ला सुनिएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने चेतावनी दिएका छन् । शुक्रबार नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्ष प्रदीप अधिकारीलाई सँगै राखेर मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यो वास्तविक भए मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्था बिग्रिएपछि मनोविज्ञान राम्रो देखिँदैन । न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता छ । यसलाई सबैले ख्याल गर्नुपर्छ । हवाई यात्रामा यात्रुको असुविधालाई छानबिन गर्न हिजोमात्रै समिति बनेको छ । अब ती समितिका सदस्यहरुसँग छलफल हुन्छ । आधारभूत कुरामा कुनै पनि सम्झौता हुँदैन । कुनै असह्य कुरा आयो भने मन्त्रालयले निर्णय गरेर पनि अख्तियार पठाउँछ ।’

  • ६ माघ २०७९, शुक्रबार १४:२८ प्रकाशित