वर्षमान पुनलाई भेट्न अस्पातल पुगे सभामुख घिमिरे

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।

जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

  • ६ माघ २०७९, शुक्रबार १४:१४ प्रकाशित