बैतडीमा एक युवक र एक युवती मृत भेटिए

केन्द्रभाग मिडिया

बैतडी ।

बैतडीमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका– ४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किदै थिए । चन्दको मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी हुन् ।

राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

  • ६ माघ २०७९, शुक्रबार १४:१३ प्रकाशित