नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको जहाज झापामा पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ ।

बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो । काठमाडौंको आकाश नखुलेका कारण भिजिबिलिटी नपुग्दा विमान झापा डाइभर्ट भएको हो ।

  • ६ माघ २०७९, शुक्रबार १०:०१ प्रकाशित