लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको घोषणा

केन्द्रभाग मिडिया

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने तय भएको आजको प्रदेशसभा बैठक नागरिक उन्मुक्ति पार्टीले अवरोध गर्ने भएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध उन्मुक्तिले बन्दी रिहाइ, लाल आयोग प्रतिवेदन सार्वजनिकलगायतका माग राख्दै सदन अवरुद्ध गर्ने घोषणा गरेको हो ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले सचिवालयमा कुनै जानकारी नआएको बताए । उनले सदन नै अवरूद्व भएमा विश्वासको मत लिने कार्यक्रम प्रभावित हुने बताएका छन् ।

  • ५ माघ २०७९, बिहीबार ११:५८ प्रकाशित