गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बिनोदबिन्दु शर्मा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारले रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.  बिनोदबिन्दु शर्मालाई लगेको छ । । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकार प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।

शर्मा प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा कार्यालयमा कार्यरत थिए । संस्थापक मृख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ सरकारको बेला सोही मन्त्रालयको सचिव रहेका शर्मालाई कृष्णचन्द्र नेपाली सरकारले मुख्यमन्त्री कार्यालयमा तानेको थियो ।

  • ४ माघ २०७९, बुधबार १८:३१ प्रकाशित