पोखरा ।
पोखरा महानगरपालिका–६ लेकसाइडमा त्रिपुरा लाउन्ज एण्ड बार संचालनमा आएको छ । संचालक सुमन कुमार श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरि बिहिबार लाउन्ज एण्ड बारको सफ्ट ओपानीङ गर्ने जानकारी दिए । लेकसाइट स्टेट नम्बर १५ मा संचालनमा अएको त्रिपुरा लाउन्ज एण्ड बार कलात्मक तरिकाले निर्माण गरिएको श्रेष्ठले बताए ।
८ करोड भन्दा बढि लगानीमा निर्माण गरिएको बार आधुनिक शैली भन्दा कलात्मक र पुरानो कला कृतिलाई जोड दिइएको श्रेष्ठले बताए । पोखरामा नौलो र ऐतिहासिकता झल्कने खालको पोष्टरिङ गरिने उनले बताए । खासगरी रोयल परिवारको शंैलीमा बार निर्माण गरिएको र सोही अनुसारको फुडिङको व्यवस्था गरिने उनको भनाई छ ।
‘गेष्टले दरबारमा बसेको अनुभव लिएर स्वादिष्ट परिकार खान सक्ने छन्, दरबारकै शैलिमा सेवा दिने छौ,’ श्रेष्ठले भने । पाहुनाका लागि चाँदीको थाल र चाँदीको चम्चाले खाना खान पाउने त्रिपुरा लउन्ज एण्ड बारका म्यानेजर विकास गुरुङले बताए ।
कोरोना सुरु हुन भन्दा पहिलोबाट निर्माण सुरु गरेर करिब ४ वर्षमा निर्माण सम्पन्न गरेको श्रेष्ठले बताए । एक रोपनी क्षेत्रफलमा फैलिएको बारमा एकैपटका ३ सय जनाले सेवा लिन सक्ने बताइएको छ ।
क्याफे, लाइभ म्युजिक, भिआइपी कक्ष, कन्फ्रेन्स हल, सेमि हलको पनि व्यवस्था रहेको म्यानेजर गुरुङले बताए ।