मेयर धनराज आचार्यको स्वकीय सचिवमा पूर्ण लामा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरका मेयर धनराज आचार्यको स्वकीय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर अचार्यले लामालाई स्वकीय सचिवमा नियुक्ती गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष रहेका उनलाई मेयर आचार्यले स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

एकीकृत समाजवादी निकट युवासंघको केन्द्रीय उपाध्यक्ष हुन् । २०५६ सालमा युवा संघ जिल्ला कमिटी सदस्य भएर युवासंघको राजनीति गरेका उनी युवासंघ जिल्ला कास्कीको अध्यक्ष हुँदै एमाले विभाजन पछि एकिकृत समाजवादीमा लागेका हुन् । विगतमा एमाले हुँदा नै उनी कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीको सचिव र युवासंघको केन्द्रीय सचिव भएका थिए ।

  • ४ माघ २०७९, बुधबार १६:२४ प्रकाशित