अभिनेता पल शाहले पाए जिल्ला अदालत तनहुँबाट सफाई

केन्द्रभाग मिडिया

पोखरा ।

बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाएका छन् । अदालतले बालिका बलत्कारको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले गएको फागुनमा पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पल शाहले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो ।

नवलपुर अदालतले भने उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।

  • ३ माघ २०७९, मंगलवार १९:२४ प्रकाशित