पोखरा।
पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । दिनभर खोजि गर्दा एक महिलाको शव फेला परेको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।
सेती नदीको खोँचमा शसस्त्र प्रहरीको गोताखर र ड्रोनबाट हराइरहेकाको खोजि गरिएको थियो । करिब ३०० मिटर तल सेती नदीमा उक्त शव फेला परेको हो ।
यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ । मंगलबारको उद्धार कार्य स्थगित भएको छ । बुधबार बिहानैबाट पुनः उद्धारको कार्य सुरु हुने प्रशासनले बताएको छ ।
भेटिएका सवको पहिचान भएमा पोष्टमाटम पछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ । भने पहिचान नभएका र विदेशीका शवलाई काठमाडौँ पठाइएको छ ।













