वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुमेरु अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।

स्वास्थ्यमा समश्या आएपछि पुन केही दिन अघि ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत शनिबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

उनी लामो समयसम्म चीनमा उपचार गराएर फर्किएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

  • ३ माघ २०७९, मंगलवार १५:३६ प्रकाशित