सेनाको विमान मार्फत ४८ जनाको शव काठमाडौ लगियो

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये ४८जनाको शव काठमाडौं लगिएको छ । मंगलबार बिहान पोखरा विमानस्थलबाट ती शव काठमाडौँ लगिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका ती शवलाई नेपाली सेनाको ट्रक मार्फत पोखरा विमानस्थ र त्यस पछि नेपाली सेनाको हेलिकप्ट र स्काइ ट्रकमा राखेर काठमाडौं लगिएको हो । बाँकी २२ जनाको शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाउने क्रम सुरु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाही जानकारी दिए ।

काठमाडौ लगिएका शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिने छ । दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य सक्रिय रहेका छन् ।

  • ३ माघ २०७९, मंगलवार ११:५० प्रकाशित