काठमाडौँ ।
एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । मंगलबार नयाँ पठाउन लागिएका मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति छन् ।
पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यसबाहेक अन्यलाई के जिम्मेवारी दिने भन्नेबारे अन्तिम टुंगो लगाउन प्रधानमन्त्री एमाले अध्यक्षबीच बालुवाटारमा छलफल हुँदैछ ।













