पोखरा ।
पोखरा महानगरपालिका वडा न. २२ पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब को सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । पोखरा भ्यु प्वाइन्ट क्लब का सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य श्री दामोदर पौडेल बैरागि र कास्की क्षेत्र न. ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालको विषेश आतिथ्यता रहेको थियो ।
सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन अबसरमा नव निर्वाचित क्लब का पदाधिकारी चयन भएका छन् । नवानिर्वाचित अध्यक्ष विश्वराज बास्तोला, उपाध्यक्ष खेमराज बास्तोला (राजु),सचीव अमित बराल,कोषाध्यक्ष असिम बास्तोला,सहसचिव रन्जना आचार्य बराल र सदस्यहरुमा दिपक बराल,अमित लामा,लक्ष्मी बास्तोला सुवेदी,इन्दु बास्तोला सर्बसम्बत चयन भएका छन् । उक्त कार्यक्रम को सन्चालन निबर्तमान सचिव कुशल बरालले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य श्री दामोदर पौडेल बैरागिले क्लबले समाजमा आइपर्ने समस्या र युवाहरुलाई सकारात्मक कृयाकलापमा सहभागी गराउनुपर्ने बताए ।














