पोखरा विमान दुर्घटना : ३८ जनाको पहिचान खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ३८ जनाको शव पहिचान भएको छ । १६ महिला र २२ पुरुषको शव पहिचान भएको हो ।

केही शवको पहिचान भए पनि केहीको बाँकी रहकाले पहिचान कार्य सकिएपछि आफन्तलाई जिम्मा लगाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरत खत्रीले जानकारी दिए । निधन भई पहिचान भएका व्यक्तिको शव केही समय पछि आफन्तलाई जिम्मा लगाइने भएको छ ।

पहिचान हुन बाँकी शव भने काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाउने तयारी भइरहेको छ ।

  • २ माघ २०७९, सोमबार १३:४९ प्रकाशित