पोखरामा भएको जहाज दुर्घटना परेका ६९ जनाको शव भेट्टियो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा विहान भएको जहाज दुर्घटना परेका ६९ जनाको शव भेट्टिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले भेटिएका शव मध्य ३४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको छ ।

बाँकी ३२ वटा शव खोँचबाट माथि ल्याउने काम भइरहेको छ । थप तीन वटा शव देखिएको तर त्यो स्थानमा पुग्न नसकेको उनले जानकारी दिए । शव ३ सय मिटर तल खोँचमा रहेकाले उद्वारमा कठिनाई भइरहेको उनले बताए । ‘हामी दुर्घटना स्थलमा उद्वारमै छौं । ३४ वटा शव अस्पताल पठायौं । थप ३२ शव हामी माथि ल्याउँदै छौं । अरु तीन वटा शव तल देखेका छौं पुग्नसकेका छैनौं । बाँकी तीन जनाको पत्ता लगाउन सकेका छैनौं’ उनले भने ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। दुर्घटना स्थलबाट संकलन गरेर अस्पताल ल्याएका शव मध्ये ५ जनाको सनाखत भएको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाले बताए ।

  • १ माघ २०७९, आईतवार १६:५९ प्रकाशित