पोखरा ।
पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ ।
काठमाडौंबाट चालक दलका सदस्यसहित ७२ जना यात्रु बोकेर आएको जहान झण्डै १० बजेर ५५ मिनेटको सममा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनाग्रस्त विमानमा हालसम्म १६ जनाको शव निकालिएको यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् ।
अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने बर्तौलाले बताएका छन ।दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो ।














