पोखरामा जहाज दुर्घटना, विस्तृत विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पुरानो विमानस्थल तल सेती खोचमा जहाज दुर्घटना भएको छ । पोखरामा यती एयरको एटीआर नाइन एन ए एन सी कल साइनको जहाज आज बिहान झण्डै १० : ५५ बजेको समयमा दुर्घटना परेको हो ।

जहाज वडा नम्बर ७ र १५ को विचमा रहेको सेती खोचमा दुर्घटनामा परेको हो ।चालक दलका सदस्यसहित कूल ७२ जना जहाजमा रहेको प्रहरीले बताएको छ । भने दुर्घटनाबारे अहिले नै विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।प्रहरीले केहीबेरमा विस्तृत विवरण उपलब्ध गराउने बताएको छ ।

 स्थानीयले बाक्लो धुँवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।त्यसपश्चात घटनाबारे थाहा भएको हो ।अहिले सुरक्षाकर्मी र स्थानीयको सहायतामा उद्धारको काम र आगो निभाउने प्रयास जारी रहेको बताइएको छ ।
थप विवरण प्राप्त भए पछि समाचार पुन अपडेट गर्नेछौ ।

  • १ माघ २०७९, आईतवार ११:२० प्रकाशित