घट्यो डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १२९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३० रुपैयाँ ४३ पैसा रहेको छ । अस्ति शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १९ पैसा र बिक्रीदर १३० रुपैयाँ ७९ पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६१ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ०८ पैसा रहेको छ ।

  • १ माघ २०७९, आईतवार १०:२० प्रकाशित