पोखरा।
आज माघे सक्रान्ति ।घरघरमा तरुल, सखरखण्ड, चाकु लगायतका परिकार खाई मनाईदैछ । य
सपाली माघेसंक्रान्तिका लागि पोखरामा झण्डै ३० मेट्रिक टन तरुल आयात भएको कृषि बजार व्यवस्थापन समिति शान्तिवनले बताएको छ । स्वदेशकै तरुल अभाव भएपछि भारतबाट पनि तरुल आयात भएको समितिले जनाएको छ।
समितिकी योजना सहायक रुपा दाहालले पोखरामा धादिङ, नवलपुर, गोर्खा, नारायणघाट, चितवन, कास्की र तनहुँ जिल्लाबाट तरुल आयात गरिएको जनाइन् ।
विगतका वर्षका तुलनामा यस बर्ष तरुल आयात कम भएको व्यापारीहरु बताउँछन् । भैसे, पञ्जे, राजा, बनतरुल, सिमल तरुल र स्थानीय प्रजातीका तरुल आयात भएको छ। व्यापारीले केजीको २५० रुपैयाँसम्म तरुल बेचेको पाइएको छ ।
माघ १ गते संक्रान्तिका दिन चाकु, तिल मिसाएर बनाइएको लड्डु, तिलौरा, भुजाको लड्डु, मिठाई, खिचडी, सखरखण्ड, तरुल तथा पिँडालु खाने चलन रहेको छ ।














