पोखरा ।
माछापुच्छ्रे बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारण सभाले साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एस.ए.आर. एसोसिएट्स लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैंकले आव २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ ।
यसका साथै गत आवमा बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले बृद्धि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ।
संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित समेत गरेको छ ।