देउखुरी ।
लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । उनीहरूको विभाग भने तोक्न बाँकी नै रहेको छ ।













