पोखराका डुलुवा टिमद्धारा पर्वतका ९० विद्यार्थीलाई सामग्री सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतका ९० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान गरेका हुन् ।

कार्यक्रममा पैँयु गाउँपािलकाका उपाध्यक्ष यामकुमारी रानाले डुलुवा टिमको सहयोगले आफ्नो क्षेत्रका स्कुलको शैक्षिक सुधार गर्न सहयोग पुग्ने बताइन् । उनले विद्यार्थीको शैक्षिक सुधार गर्दै विद्यार्थीको स्वास्थ्य जाचँका कार्यक्रम पनि ल्याउने योजनामा रहेको जानकारी दिइन् ।

विद्यालयका प्रधानध्यापक पूर्णचन्द्र काफ्लेले डुलुवा टिमको सहयोगले विद्यार्थीलाई पढाउन केही मात्रामा भएपनि सहज हुने बताए । त्यसै गरी डुलुवा टिमका अध्यक्ष सुनिल भट्टराईले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको र अन्य ठाउँमा पनि निरन्तर वितरण गर्ने बताए । उनले आफुहरुको सहयोगले ग्रामिण क्षेत्रमा रहका विद्यार्थीको शैक्षिक स्त्रर बृद्धिमा केही भएपनि सहयोग पुग्ने बताए ।

  • २८ पुष २०७९, बिहीबार १४:४० प्रकाशित