काठमाडौं ।
एमाले त्यागेर बसेका स्वतन्त्र नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको बताइएको छ । भुसाल केही दिनमै नेकपा एसमा प्रवेश गर्ने तयारीमा रहेको नेकपा एस स्रोतले बताएको छ ।
भुसालले नेकपा एसमा महासचिव मागेको जनाइएको छ । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।
यता एसले एमाले छाडेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र चुनाव लडेका भुसाललाई हिजो(बुधबार) साँझ स्वागत पत्र पठाएको छ
सोमबार नेता भुसालले नेकपा एसमा प्रवेश गर्न लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए।
नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको हो।













