लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् ।प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गरेका हुन्।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

गिरीले बुधबारै मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका गरेका थिए।

  • २७ पुष २०७९, बुधबार १६:१० प्रकाशित