काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन्।
आज बुधवार काठमाडौंमा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताएका हुन। उनले सरकार र नेकपा (माओवादी केन्द्र)पार्टीलाई युवाको धेरै मद्दत चाहिएको पनि बताए । प्रतिक्रियावादीहरूको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आँक्न नहुने उनको भनाइ छ ।
उनले भने, ‘यति बेला सरकारलाई र पार्टी नेतृत्वलाई तपाईँहरूको धेरै मद्दत चाहिएको छ । युवाहरूको रोजगारीको बारेमा, युवाहरूलाई नियुक्ति गर्ने बारेमा तपाईँहरूले उठाउनुभएको ध्यानाकर्षण नोट भयो र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयासरप्रयत्न गर्नेछु ।’













