मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं।

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवलाई ६३ जना सांसदहरुको समर्थन छ । मधेशमा जसपा र जनमत पार्टीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ ।

कूल १०७ सांसद रहेको मधेश प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक थियो । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्। मुख्यमन्त्रीको सपथ ग्रहण पुष २९ गते हुने बताइएको छ ।

  • २७ पुष २०७९, बुधबार १४:३३ प्रकाशित