ओरालो लाग्यो डलरको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबा डलरको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ १६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैया ०८ पैसा रहेको थियो भने अस्ति डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ १५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा रहेको छ ।

  • २७ पुष २०७९, बुधबार १०:०१ प्रकाशित